चलचित्र नायिका प्रियङ्का कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । आइतबार उनलाई ब्युरोमा बोलाइएको हो । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी सम्बन्धी सम्पूर्ण एप तथा लिङ्कहरू पनि बन्द गर्ने घोषण गरेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP