चुनाव केन्द्रित गतिविधि सुरु गरेको प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ । फिक्कलमा आयोजित सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू सहभागी छन् ।
‘पार्टी प्रवेश कार्यक्रम भएको हो । यो चुनावी तयारी पनि हो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भनेका छन् । इलाम उपाध्यक्ष नेम्वाङको गृह जिल्ला हो । इलामकै नेता झलनाथ खनाल भने एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादीमा छन् ।
अब लगातार सभा आयोजना गरिने रिजालले बताए । चुनाव केन्द्रित गतिविधि गरिरहेको एमालेको सोमबार पोलिटब्यूरो बैठक बस्दैछ । ९ र १० चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको एमालेले १३ चैतमा स्थायी कमिटी बैठक बोलाएको छ ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP