कागजको नभएपछि श्रीलङ्काले पश्चिमी प्रान्तका लाखौँ विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्, झन्डै ६० लाख जनसङ्ख्या रहेको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ । कक्षा ९, १० र ११ को परीक्षाहरू निरन्तर मूल्याङ्कन प्रक्रियाको अंश हो ।
कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् । शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । आर्थिक सङ्कटबिच अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितको अभावले मुलुकमा खाद्यान्न, इन्धन लगायतका सामाग्रीहरूको अभाव भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP