आज(आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रवार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रवार को तुलनामा आज(आइतबार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ रहेको छ ।
गत शुक्रवार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP