कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाइते

चैत्र ६, २०७८

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाइते भएका छन् । बँदेल बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर स्थानीयलाई आक्रमण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले मिडियामा जानकारी दिएका छन् । उनका अनुसार बँदेल बस्तीमा आएर आक्रमण गरी ५ जनालाई घाइते बनाएको छ । घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।


घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी कोली र ६० वर्षीय डम्मर लुहार, वडा न ३ का पदमा कुँवर र वडा न १० का १४ वर्षीय शारदा भट्ट रहेका छन् । एक जनालाई भने सामान्य चोट भएका कारण घरमे उपचार सफल भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP