बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-१० भाटाला भन्ने स्थानमा शनिवार राति सुपप्र ०१००२ त ५५९८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा चालक बर्दियाको ठाकुरद्वारा नगरपालिका-५ का ३२ वर्षीय अर्जुन थारुको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP