देउवालाई, “ज्येष्ठ नागरिक हो तपाईँ, सूर्यमा भोट हाल्नुस्” :केपी ओली

चैत्र ५, २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिह्नमा भोट हाल्ने बताएका छन् । पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीसमेत रहेका देउवालाई व्यङ्ग्य गरेका हुन् ।


काँग्रेसले कुनै बेला कम्युनिस्ट सरकारले ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनी भ्रम फैलाएको उल्लेख गर्दै उनले काँग्रेसले चुनाव प्रचारप्रसारका लागि जे पायो त्यही बोल्ने गरेको आरोप लगाए । तपाईँ हामीले सुनेका, छौँ ६० वर्षभन्दा माथिका बुढाबुढी लाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थ्यो । अब बुढाबुढी का छेउमा काँग्रेस जाओस् त ! उनले भने, बुढो भएर पनि शेरबहादुर देउवा आफैँ काँग्रेसमा किन छन् भन्दा, उनलाई त्यो चार हजार भत्ता के गर्नु ? छँदै छ । नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँछन्। शेरबहादुर जीलाई म भन्न चाहन्छु, कमसेकम ज्येष्ठ नागरिक हो तपाईँ सूर्य चिन्हमा भोट हाल्नुस् अरूले नदेख्ने गरी भए पनि ।


पुरानो मत परिणामअनुसार एमाले अहिले पनि हरेक ठाउँमा पहिलो रहेको भन्दै अध्यक्ष ओलीले अहिलेको मत परिणामअनुसार एमाले अत्यधिक बहुमतको पार्टी रहेको दाबी गरे । अहिले पनि हरेक ठाउँमा नेकपा एमाले प्रथम पार्टी छ । सबैभन्दा मजबुत र सशक्त पार्टी । अझ यो त पुरानो मत परिणाम हो । आजको मत परिणामले एमाले पहिलो मात्र होइन आजको मत परिणामले एमाले अत्यधिक बहुमतको पार्टी हो, उनले भने । -नयाँ पत्रिका

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP