चुनाव नजिकिदै गये सङ्गै राष्ट्रिय प्रजातन्त्र पाटीले सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा यही चैत्र ७ गते बृहत आमसभा गर्ने भएको छ । राप्रपाले पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सुनसरी जिल्लाका पाटि अध्यक्ष दुर्गा बहादुर बस्नेतले पाटीले महाधिवेसन पछि कुनै पनि कार्यक्रम नगरेको र त्यहि सिलसिलमा गाँउ गाउमा प्रजातन्त्रको निति,सिदान्त,उदेश्यको बारेमा जानकारी गराउने उदेश्यले वृहत आमसभा गर्न लागिएको जानकारी गराएका छन ।
उक्त आमसभामा 3 हजार बढि नागरिकले एमाले, काङ्ग्रेस, माओवादि सङ्गै अरु पाटी त्यागि पाटि प्रवेश गर्ने कार्यक्रम रहेको बस्नेतले बताएका छन । साथै उक्त कार्यक्रम मा ८ हजार बढीको उपस्थीती रहने आयोजकले अनुमान गरेको जिल्ला अध्यक्ष बस्नेतले बताए हुन ।
आमसभामा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुव्वा,केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन,प्रवक्ता ज्ञानेन्द्र शाही,रेखा थापा लगायतको उपस्थिती रहने र अन्य स्थान इटहरी,दुहबि,धरानमा समेत र्कायक्रम गर्ने वस्नेतले जानकारी गराएका छन । साथै बस्नेतले अन्य पाटिका सदस्यहरु लाई पनि कार्यक्रममा सदस्यता जनाइदिन आग्रह गरेका हुन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP