आज फेरी सुनको मुल्य पुग्यो लाखको करिब

चैत्र ३, २०७८

सुनको मूल्य निरन्तर घटबढ हुँदै गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ बढेर ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP