इटहरी चोकको पश्चिम लाइनमा रहेको एपेक्स हस्पिटलको लापारवाहीले एक बालकको मृत्यु भएको छ । तरहरा बरगाछीका ४ वर्षीय सन्देश शाहको हस्पिटलको लापारवाहीले मृत्यु भएको हो । बालकका आफन्तहरूले उपचारका संलग्न डाक्टरलाई कारबाही हुनु पर्ने माग राख्दै यति बेला सडक अवरुद्ध बनाएका छन् ।
हस्पिटल भएको वरिपरिको क्षेत्रमा बाक्लै प्रहरी परिचालन गरिएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । बुधवार बिहानबाट बान्ता भएपछि सन्देशलाई इटहरी स्थित अधिकारी मेडिकलमा ल्याइएको र पछि त्यहाँ उपचार हुन नसकेपछि एपेक्स हस्पिटलमा ल्याइएको परिवार सदस्यले बताएका छन् ।
डाक्टरले पिसाब, दिसा को ल्याब टेस्ट रिपोर्ट आइसकेपछि फुड पोइजनिङ्ग भएको भन्दै नआत्तिन परिवारलाई भनेका थिए बुधवार राती तर बिहीबार बिहानै सन्देशको मृत्यु भएको सन्देशका बाबुले बताए ।
तोडफोड संगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते बनेका छन । सरदारको टाउकोमा चोट पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
राती हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाइदिँदा बच्चाको ज्यान गएको सन्देशका बुबाको भनाई छ । बच्चा नबाँच्ने स्थिति भएपछि एपेक्स हस्पिटलले राती २ बजे सन्देशलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका थिए । तर बच्चाको धरान लाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार ओभर डोजका कारण बालकको मृत्यु भएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP