पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

चैत्र २, २०७८

नेपालमा भारतबाट खरिद गरिँदै आएको पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । तर नेपाल आयल निगमले उपभोक्ताका लागि बेच्ने मूल्य बढाएको छैन । 


बुधवार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेर आएको भारतीय आयल निगमले जनाएको छ । निगमले बुधवार एक विज्ञप्ति जारी गर्दै आगामी १५ दिनमा करिब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले जानकारी दिएको छ ।


यसअघि फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बिचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भई उच्चतम बिन्दुमा रही कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP