नोबेल अस्पतालले एक बिरामीको पेटबाट निकाल्यो पेटीको “बक्कल र सिक्री”

चैत्र २, २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक बिरामीको पेटबाट पेटीको “बक्कल र सिक्री” निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट पेटीको बक्कल र घाँटीमा लगाउने सिक्री निकालेको चिकित्सकले बताएका छन् ।

परिवारका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल  र सिक्री निकालिएको नोबेलका विशेषज्ञ शल्य चिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP