विराटनगरका उद्योगी महेश जाजु महामूर्ख घोषित

चैत्र २, २०७८

मारवाडी युवा मञ्च विराटनगरले मङ्गलवार राति महामूर्ख सम्मेलन आयोजना गरेको हो । उक्त कार्यक्रममा विराटनगरका उद्योगी महेश जाजु महामूर्ख घोषित भएका छन् । उद्योगी जाजुलाई महामूर्खको उपाधि दिइएको हो । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी लगाई दिएर महामूर्ख घोषणा गरेका हुन् । टमाटर, लौका, प्याज, करेला लगायतका तरकारी जडित मालाले महामूर्ख जाजुलाई सम्मान गरिएको छ । सामाजिक काममा अग्रसर हुनेलाई उपाधि दिने गरिएको मारवाडी युवा मञ्चले जनाएको हो । 

‘वर्षभर को कति सामाजिक काममा खट्छ हामी मूल्याङ्कन गर्छौँ,’ मारवाडी युवा मञ्चका उपाध्यक्ष मोहित लालवानीले भने, ‘त्यसकै आधारमा महामूर्खको उपाधि दिन्छौँ ।’ यसअघि चम्पालाल राठी, मोहनलाल शर्मा, मोती दुगड, सुरेन्द्र गोल्छा, नन्द किशोर राठी र शंकरलाल अग्रवाल लगायतले महामूर्खको उपाधि पाइसकेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP