भरुवा बन्दुकको पासोमा परेर डडेलधुरामा १ जनाको मृत्यु

चैत्र २, २०७८

जङ्गली जनावरका लागि भनेर थापिएको भरुवा बन्दुकको पासोमा परेर डडेलधुरामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पान रहेका छन् । मङ्गलवार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि थापेको पासोमा परेर दलबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र पालले जानकारी दिएका छन् ।

बन्दुकको गोली लागेर घाइते भएका दलबहादुरको डडेलधुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको डिएसपी पालले बताए । भरुवा बन्दुकको पासो कसले राखेको हो भन्ने नखुलेकोले गर्दा अनुसन्धानका लागि भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP