बुटवलमा खुट्टाको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्तहरूले बुटवलको तिनाउ इन्टरनेसनल अस्पताल घेराउ गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अपरेसन गर्ने क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले अस्पताल घेराउ तथा नाराबाजी गरेका हुन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ । ४ वर्षअघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भाँचिएपछि खुट्टाको अपरेसन गर्न अस्पताल भर्ना भएका थिए । अस्पतालका अध्यक्ष चिरञ्जीवी जोशीले बिरामीको रक्तचाप एक्कासि घटेपछि प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको बताएका छन् ।
मृतकका आफन्तहरूले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका छन् । माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको मृतकका आफन्त हेमलाल चौधरीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP