मङ्गलवार को तुलनामा आज(बुधवार) तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधवार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको हो । बुधवार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । मङ्गलवार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार तीन सय ७० रुपैयाँ तोकिएको सङ्घले जनाएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP