म्यादी प्रहरीमा १ लाख जनशक्तिको माग, के छ सेवा, सुविधा ?

चैत्र २, २०७८

स्थानीय तह निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा १ लाख जना जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ । 


प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिन हुने बताइएको छ ।  उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैङ्क खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।


 यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोसाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको हो । 


यस्तै बिमा लगायतका सुविधा पनि हुनेछ । म्यादी प्रहरी बन्न चाहनेले चैत १३ गते आवेदन पेस गर्नुपर्ने छ भने छनौट प्रक्रिया चैत १५, अन्तिम नतिजा चैत २२ र प्रशिक्षण सुरु चैत २८ देखि हुनेछ । म्यादी प्रहरीमा भर्ना हुनेका लागि यस पटक सरकारले सेवा सुविधामा केही वृद्धि गरेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP