पाँचथरको हिलिहाङ गाउँपालिका १, अमरपुरस्थित भीर फेदी जङ्गलमा एक पुरुषको शव फेला परेको छ । भिर फेदीको जङ्गलमा सडेको अवस्थामा अन्दाजी ४० वर्षको पुरुषको शव फेला फेला परेको हो ।
हल्का लामो कपाल भएको, थोरै दाह्री भएको, सेतो र नीलो रङको भेष्ट लगाएको, कालो जिन्सको पाइन्ट लगाएको पुरुषको शव फेला परेको पाँचथर प्रहरीले जनाएको छ । शवको पहिचान र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।c
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP