उदयपुरमा ९ बर्सिया बालिका बलात्कृत

चैत्र १, २०७८

उदयपुरमा ९ बर्सिया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालीगुराँस टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ । 


खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP