झापामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसार सोमबार कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको हो ।
घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएको थियो । अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठले बताए । बुटवल नगरपालिका-९ बस्ने बस चालक ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बससहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP