सुनको भाउ आज(मङ्गलवार) एकै दिन १८ सय रुपैयाँले घटेको छ । आज तोलामा सुनको भाउ १८ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP