नेपाल टेलिकमले पहिलो पटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर बेच्ने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरु भएयता इतिहासमै पहिलो पटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीको ९४२औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्न यही चैत २३ गते बुक क्लोज तथा २४ गते साधारण सभा बोलाइएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्ने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP