पोलिस बोर्डर गार्ड एजेन्सीले युक्रेनबाट अहिलेसम्म साढे १७ लाख भन्दा धेरै मानिस पोल्याण्ड पुगेको जनाएको छ । एजेन्सीले सोमबार दिएको जानकारी अनुसार युक्रेनमा रुसी आक्रमण सुरु भएयता सीमा नाका भएर साढे १७ लाख भन्दा धरै मानिस पोल्याण्ड पुगेका हुन् ।
बार्सा युनिभर्सिटीका वाइस रेक्टर फर रिसर्च माचिक दुश्चिकका अनुसार १० लाख मानिस पोल्याण्डमा रोकिएका छन् । भने अरू अन्य देशमा गएका छन् । बोर्डर गार्ड एजेन्सीले ट्विटमा आइतबार सीमा पार गरेर ८२ हजार १ सय मानिस आएको जनाउँदै उक्त सङ्ख्या शनिवार ७९,८०० भएको जनाएको छ । पोल्याण्डमा युक्रेनीको सङ्ख्या बढ्दो छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP