साउदी अरब अधिराज्यका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

फाल्गुन ३०, २०७८

साउदी अरब अधिराज्यका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । सोमबार बेलुका उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अल साउद विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । 


मन्त्रालयका अनुसार भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले समकक्षी फैसलसँग मङ्गलवार भेटवार्ता गर्ने तय भएको बताइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP