नवलपरासीमा पतिलाई बन्चरो हानेर हत्या गरेको आरोपमा एक महिला पक्राउ 

फाल्गुन ३०, २०७८

नवलपरासीमा पतिलाई बन्चरो हानेर हत्या गरेको आरोपमा ६५ बर्सिया श्यामकुमारी मगरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार दुर्गम बुलिंटार गाउँपालिका–५ राइकोटका चमान सिंह मगरलाई सामान्य घरायसी झगडामा श्रीमतीले बन्चरोले हान्दा आइतबार राति मृत्यु भएको हो । उनलाई रुद्रपुरबाट गएको प्रहरीले टोलीले पक्राउ गरेर सोमबार जिल्ला प्रहरी कार्यालय कावासोतीमा ल्याइएको छ ।


बन्चरो प्रहारबाट गम्भीर घाइते चमानसिंहलाई उपचारका लागि कावासोती ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । सामान्य झगडामा बन्चरो हानेको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । जिल्ला अदालतबाट सोमबार म्याद थपेर अनुसन्धान अघि बढाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP