मोरङमा १८ महिने बालिकाको बलात्कार पछि हत्याको आशङ्का

फाल्गुन २९, २०७८

मोरङको सुन्दरहरैचा–७ मा १८ महिने बालिकाको बलात्कार पछिको हत्याको आशङ्का गरिएको छ । अर्ध चेत अवस्थामा भेटिएकी १८ महिने बालिकाको मृत्यु भएको छ । उनीमाथि बलात्कार भएको आशङ्का गरिएको छ । प्रहरीका अनुसार शुक्रवार साँझ घरबाट हराएकी १८ महिने बालिका घर नजिकैको झाडीमा अर्ध चेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आज बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भएको हो ।


अस्पतालका अनुसार १८ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट लागेको खुलेको हो । घटना शङ्कास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । पोस्टमार्टमपछि थप घटनाको रहस्य बुझ्न सकिने उनले बताएका छन् । ४ बजेबाट हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएपछि अस्पताल लगिएको उनले बताएका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP