सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ मा रहेको टेङ्ग्री टोलमा भीषण आगलागी भएको छ । गए राति लागेको आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । गए राति लागेको आगो बिहान ३ बजेतिर निभाइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
फाल्गुन महिना सुख्खा मौसम भएको र यो महिनामा बढी हावाहुरी चल्ने भएकाले गर्दा आगो लाग्ने सम्भावना बढी हुन्छ, त्यसैले सबैलाई सचेत रहन सम्बन्धित निकायको आग्रह रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP