आगलागीबाट जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको ४ करोड बराबरको क्षति भएको छ । उद्योगले एक विज्ञप्ति जारी गर्दै टीएफओ मेसिन, विद्युतीय प्यानल, विद्युतीय तार लगायतका सामग्री जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जनाएको हो । मिल्समा विद्युतीय सर्ट हुँदा २५ फागुनमा बिहान करिब ३ बजे तिर आगलागी भएको थियो ।
उद्योगका अनुसार आगलागी भएपछि कर्मचारीहरूबिच भाग दौड मच्चिएको थियो । कर्मचारीहरू बिच भाग दौड मच्चिँदा ५ जना कर्मचारी सामान्य घाइते भएको उद्योगले जनाएको छ । दुई वटा दमकल र प्रहरीको सहयोगमा समयमै आगो निभाउन सफल भएका कारण थप क्षति हुन नपाएको उद्योगले जनाएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP