फलामे डन्डीको भाउ हालसम्मकै उच्च बिन्दुमा

फाल्गुन २७, २०७८

निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य दिन प्रतिदिन आकासिन थालेको छ । निर्माण सामग्रीमध्ये फलामे डन्डीको भाउ हालसम्मै उच्च बिन्दुमा पुगेको छ । काठमाडौँ उपत्यकामा फलामे छडको भाउ प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । 


नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पछिल्लो १ देखि डेढ महिनाको अवधिमा फलामे डन्डी प्रतिकिलो ५० देखि ६० रुपैयाँले महँगिएको बताएका छन् । बुधवार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले डिजेलमा करिब ५० रुपैयाँ मूल्य बढेको बताएका हुन् । 


‘डन्डीको भाउ धेरै बढेको छ’ नेपाल स्टिल बिलेट उत्पादक सङ्घका अध्यक्ष विष्णु न्यौपानेले भन्छन्, ‘फलामे डन्डीको भाउ ११०/१२ रुपैयाँ प्रतिकिलोभन्दा माथि पुगेको थाहा थिएन, अहिले इतिहासकै महँगो भएको छ ।’ रुसले युक्रेनमाथि आक्रमण सुरु गर्नु अगाडीसम्म नेपाली बजारमा डन्डीको भाउ प्रतिकिलो ९७ देखि १०५ रुपैयाँसम्म थियो ।

इन्धनको मूल्य बढे सँगै नेपालमा उत्पादित बस्तुहरूको पनि मूल्य बढेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP