नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढ्यो

फाल्गुन २७, २०७८

नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख २ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख २ हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP