सोलुखुम्बुको लुक्लामा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै रकम खर्च

फाल्गुन २७, २०७८

सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै जङ्गलमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै रकम खर्च भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाउन १९ लाख २६ हजार ३ सय ३० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको बताएका छन् ।

गएको आइतबार दिउँसोदेखि लागेको डढेलो निभाउन गाउँपालिकाले सोमवार, मङ्गलवार र बुधवार सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेको थियो । स्थानीय बासिन्दा र प्रहरीको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरिएको र ९५ हजार लिटर पानी प्रयोग भएको वडा नम्बर–२ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिएका हुन् ।

धुवाँका कारण सोमवार बिहान झन्डै एक घण्टा तेन्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेको कर्मचारीले बताएका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP