ताप्लेजुङमा भएको आगलागीबाट एक जनाको मृत्यु

फाल्गुन २७, २०७८

ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ को कोप्चेको पुरानो गोसलाइनको २ घरमा आगलागी भएको छ । स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी सङ्गीता मादेनको घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । मादेनको घरमा डेरा गरी बस्ने अन्दाजी ६७ बर्सिया चुलीमाया लिम्बूको आगलागीमा परी मृत्यु भएको हो ।


आगलागीमा परी घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएका छन् ।


सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् । आगो लाग्नुको कारण खुलेको छैन । आगलागीबाट भएको क्षति सम्बन्धी विवरण आइसकेको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP