संखुवासभा मादी दुर्घटना : १५ जनाको मृत्यु, ४ जनाको उपचार हुँदै

दिप खबर
फाल्गुन २६, २०७८

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा परि मृत्यु भएका सबै १५ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक। ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन, समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ र मादी ५ नम्बर वडाकी २७ युका पोखरेल रहेका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । युका पोखरेलको भने प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सुवेदीले बताए ।

दुर्घटनामा घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको थियो । बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । घाइते हुनेमा मादी–५ का सुवाष गोले, मादी–६ का तुलसा कटुवाल, अम्बिका विक र डम्बरबहादुर कार्की छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP