सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठुलो सफलता मानिएको थियो ।
अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको जानकारी दिएको छ । केही दिनयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको तर अन्तिम घण्टासम्म पनि आफ्ना परिवारका सदस्यहरूसँग कुराकानी गरेका थिए ।
उनलाई निको हुँदैन भन्ने जान्दाजान्दै पनि उनको उपचार जारी राखिएका अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । मुटु प्रत्यारोपण गर्ने चिकित्सक टोलीको नेतृत्व गरेका सर्जन बार्टले ग्रिफिथले भनेका छन्, ‘उनी एक बहादुर र महान् बिरामी साबित भए । उनले अन्तिम समयसम्म लडाइ लडे । हामी उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।’
यो २ महिना बचाउन सक्नु पनि विज्ञान जगतमा चमत्कार नै भएको चिकित्सक बताउँछन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP