झापामा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु 

फाल्गुन २६, २०७८

झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधवार बेलुकी एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मे १ च ५२५ नम्बरको एम्बुलेन्सले पैदल यात्री थापालाई बुधवार बेलुकी ७ बजे ठक्कर दिएको हो । एम्बुलेन्स सहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमनी झापाले नियन्त्रणमा लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP