नेपाली बजारमा आज सुनको मूल्य तीन हजार पाँच सयले घट्यो

फाल्गुन २६, २०७८

नेपाली बजारमा आज सुनको मूल्य तीन हजार पाँच सयले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । बुधवार हालसम्मै उच्च मूल्यमा पुगेको सुन आज ३५ सय रुपैयाँले घटेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर एक हजार चार सय पाँच पुगेको महासङ्घले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP