युट्युबमा भ्रामक समाचार र वक्तव्य बाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका-४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधवार पक्राउ गरेको हो । प्रहरीका अनुसार परियार नेपाल मिडिया नामक युट्युब च्यानल सञ्चालन गर्थे ।
यसैगरी, चिलवाल विशाल नेपाल नामक युट्युब च्यानल चलाउँथे । उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP