युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू कुनै पनि हालतमा किभ छाडेर अन्यत्र नजाने प्रतिज्ञा गरेका छन् । सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति सार्वजनिक गर्दै जेलेन्स्किीले यस्तो प्रतिज्ञा गरेका हुन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् ।
सामाजिक सञ्जालमा उनले आफू काहीँ नलुकेको, युक्रेनको सहर बान्कोभा स्ट्रिटमा भएको कुरा सामाजिक सञ्जालमा खुलाएका हुन् । बन्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालय भएको ठाउँ हो । उनको क्यामराले राष्ट्रपति कार्यालय अगाडिको सडकपारि देखाएको सामाजिक सञ्जालमा देख्न पनि सकिन्छ ।
रुसलाई नरोक्ने हो भने नेटोका अरू सदस्य राष्ट्रको पनि यस्तै हालत हुने चेतावनी समेत उनले दिएका छन् । एबीसी न्युजसँग बोल्दै उनले भनेका छन्, “पहिलो सिकार हामी भयौँ । अब दोस्रो तपाईँहरू जोकोही पनि हुन सक्नुहुन्छ । किनकि, राक्षसले जति धेरै खायो उसलाई झन्–झन् बढी चाहिनेछ ।” युद्ध सुरु भएदेखि एकै हप्तामा तीन पटक हत्या प्रयासबाट बचेका जेलेन्स्कीले किभ नछाड्ने अडान राख्दै आएका छन् । युक्रेनका १४ लाख बढी जनताले युक्रेन छाडी सकेको छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP