सोलुखुम्बुको नाक्चुङबस्ती जोखिममा, हेलिकप्टर बाट पनी आगो निभाउन सकीएको छैन

फाल्गुन २५, २०७८
सामाजीक सञ्जाल

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा डढेलो लागेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको हो ।


डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेको छ । तीव्र वेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ । अग्नि नियन्त्रक सिम्रिक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष आङ्फुर्वा शेर्पाले बताएका छन्  ।


आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के–कति क्षति भयो यकिन गर्न कठिन भएको बताइएको छ । वडाध्यक्षले प्रहरी, स्थानीय साथै हेलिकप्टर को प्रयोगबाट पनि आगो नियन्त्रणमा ल्याउन नसकिएका कारण नाक्चुङबस्तीका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP