मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउन आज केपी ओली रङ्गेली आउँदै

फाल्गुन २५, २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रङ्गेलीमा आउँदै छन् । नेकपा माओवादीबाट निर्वाचित रङ्गेली नगरपालिकाका मेयर दिलीप बगडियालाई नेकपा एमाले प्रवेश गराउनका लागि आज(बुधवार) दिउँसो एमाले अध्यक्ष ओली रङ्गेली आउन लागेका हुन् । एमाले प्रवेश गर्न तयारी गरेपछि माओवादी केन्द्रले बगडियालाई फागुन १५ गते पार्टीबाट निष्कासित गरिसकेको छ ।


बगडियाको पार्टी प्रवेशका लागि एमालेले रङ्गेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिएका छन् । उद्योगी बगडिया माओवादीबाट रङ्गिलीको मेयरमा निर्वाचित भएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP