लमजुङको सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चित कालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा तनहुँको भानु नगरपालिका–९का १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलवार मृत्यु भएपश्चात् उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको छ । सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्य- मर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा कर्फ्यु जारी जारी गरिएको छ ।
मृतक श्रेष्ठ फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत थिए । उनी विद्यालयको छात्रवासमा बस्दै आएका थिए। उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरबाही गरेको भन्दै सो क्षेत्र तनावग्रस्त बनाएका छन् । घटना बारे अनुसनधान भई रहेको प्रहरीको भनाई छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP