किर्तिपुरस्थित त्रिवि परिसरभित्र मानिस मृत अवस्थामा फेला

फाल्गुन २५, २०७८

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र एक वृद्ध मानिस मृत अवस्थामा फेला परेका छन् । जङ्गलभित्र रहेको कपुरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । शवको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ । आज बिहान ७ बजेतिर शव भेटिएको भन्दै फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ । उक्त घटना बारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP