अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “महिलालाई पौष्टिक आहार वितरण कार्यक्रम” सम्पन्न

दिप खबर
फाल्गुन २४, २०७८

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १६ जना महिलालाई पौष्टिक आहार वितरण सहयोग गरिएको छ । प्रयास महिला समूह र प्रतिबिम्ब समूहको सहकार्यमा उक्त कार्य सम्पन्न भएको हो । महिलाहरूको लागी आवश्यक स्वास्थ्य, शिक्षा लगायतका विषयमा पनि छलफल भएको प्रतिबिम्ब समूह सञ्चालक सँगिना राईले बताएकी छन् ।


इटहरी, आइतबारेस्थित हुक्का हाउसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । ११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रयास महिलाको आयोजकता र प्रतिबिम्ब समूहको सहयोगमा विपन्न आर्थिक अवस्था भएका लक्षित समूहका १६  जनालाई पौष्टिक सामाग्रीका प्याकेज वितरण गरिएको सँगिना राईले दीप खबरलाई बताएकी छन् । 


उक्त कार्यक्रममा महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण हक अधिकार बारे सहभागीहरूलाई जानकारी तथा छलफल गराइएको हो । साथै विपन्न वर्गका महिलाहरू, एकल महिलाहरूले भोगिरहेको चुनौतीहरू, अवसर प्राप्त गर्न आइपरेका बाधाहरू सम्बन्धी पनि छलफल भएको छ ।


विपन्न वर्गका महिलाहरूलाई तथा विविध स्वास्थ्य समस्याले घरमै बसिरहनु भएका १६ जना महिलाहरूलाई पौष्टिक खाद्यान्न प्याकेज वितरण गरिएको कार्यक्रम सञ्चालक सँगिना राईले बताएकी छन् । सँगिनाले विशेष गरी प्रतिबिम्ब समूहका सहयोगी साथीहरू तथा पौष्टिक खाद्यान्न प्याकेज सहयोग गर्नुहुने दातालाई विशेष धन्यवाद प्रकट गरेकी छन् ।


प्रतिबिम्ब समूहले सबै क्षेत्रका महिला एवम् किशोरीहरूको हितको लागि उनीहरूको अधिकार को लागि काम गर्ने गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP