युक्रेनमा भएको विस्फोटमा फेरी २ जना बालबालिका सहित ९ जनाले ज्यान गुमाए

फाल्गुन २४, २०७८

युक्रेनमा भएको विस्फोटमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । राजधानी किभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी सहरमा हवाई आक्रमण भएको जनाइएको छ । युक्रेनको उद्धार सेवाले उक्त कारबाहीमा दुई जना बालबालिका सहित ९ जनाको मृत्यु भएको जनाएको हो । 


रुसी सिमाना नजिकै रहेको सुमी सहर केही दिनदेखि चर्को लडाइको चपेटामा परेको छ । गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी फौजले जानाजान सार्वजनिक एवम् आवासीय क्षेत्रहरूलाई लक्षित गरी पटक पटक हमला गर्ने गरेको युक्रेनी पक्षले आरोप लगाउँदै आएको छ । अहिले सम्म तथ्याङ्कका अनुसार सयौँ मानिसको मृत्यु भएको छ । तर मृतक को सङ्ख्या अजै धेरै हुन सक्ने अनुमान गरिएको छ । 


यस युद्धका कारण विश्व भरी नै साना तथा ठुला देशको अर्थतन्त्रमा असर पुर्‍याउन थालेको छ । यसले गर्दा नेपालमा पनि पेट्रोलियम पदार्थ, सुन, चाँदी जस्ता बस्तुहरूमा निरन्तर असर पुगेको छ । यस्ता बस्तुहरूको दैनिकी मुल्यदर बढ्न सक्ने अधिकारीहरूले अनुमान लगाएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP