अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि नवलपरासीको गैँडाकोट लगियो

फाल्गुन २४, २०७८

एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैँडाकोट लगिएको छ ।


जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मङ्गलवार गैँडाकोट पुर्‍याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।


शाहविरुद्ध गत फागुन १६ गते गैँडाकोटमा पीडित किशोरीले जाहेरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक खनालले बताइन् । अभिनेता पल शाह केही दीन अघि देखी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP