गत मङ्गलवार बेलुका ५ ५० तीर बस र स्कुटर ठोकिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका धरान–१३ का नहकुल आचार्यको मृत्यु भएको छ । साँघुरो सडकका कारण धरान इटहरी सडक खण्ड अन्तर्गतको सेउती खोला दक्षिण क्षेत्रको जङ्गलमा दुर्घटना भएको हो ।
टाउकोमा लागेको गहिरो चोटका कारण गम्भीर घाइते भएका नहकुलको उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको थियो । बिपीबाट रिफर गरी थप उपचारका लागि विराट नर्सिङ होममा पठाइएको थियो । उनको उपचारका क्रममा गए राती मृत्यु भएको प्रहरीले बताएको छ । मृतक नहकुलको शव अहिले पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको प्रहरीले जनाएको छ ।
गत मङ्गलवार धरानबाट इटहरी तर्फ जाँदै गरेको ना ५ ख ६५४६ नम्बरको यात्रुवाहक बसले इटहरीबाट धरान तर्फ आउँदै गरेको को ३६ प १०२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बस सडक किनारामा पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको थियो । निर्माण भइरहेको सडक साँघुरो भएकाले गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएका हुन् ।
सोही दुर्घटनामा बसमा सवार मोरङको सुन्दरहरैचा नगरपालिका–११ बस्ने वर्ष १६ का सन्दीप चौधरी, सोही स्थान बस्ने वर्ष २० की मञ्जु लम्साल र २५ वर्षीय सङ्गीता भुजेल घाइते भएका थिए भने उनीहरूको शारीरिक अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP