तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु 

फाल्गुन २४, २०७८

तेह्रथुम सदरमुकाम म्याङ्लुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङ्लुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP