नेपाल राष्ट्र बैङ्कले भोलि बुधवार वाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।
सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अङ्कित गरिएको छ । त्यसकै मुनि अङ्ग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथा चित्रको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, सङ्ख, पद्यको साना आकृति दिइएको छ । भोलि देखी नयाँ एकका सिक्काहरू देश भरी नै चल्तीमा ल्याइने नेपाल राष्ट्र बैङ्क जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP