मलेसियाको अध्यागमन विभागले १६ नेपालीसहित अवैध रूपमा बसेका ८६ जना आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । अवैधानिक रूपमा रहेका उनीहरू गत शनिवार जोहरबारुको सेनाइ औद्योगिक क्षेत्रबाट पक्राउ परेको मलेसियाली अध्यागमन विभागले जनाएको छ ।
१८५ विदेशी श्रमिकको चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा १६ नेपालीसहित ६४ भारतीय, म्यानमारका ३ र बङ्गलादेशका ३ जना गरी ८६ जनालाई नियन्त्रणमा लिएको हो । ती सबै २० देखि ४० वर्ष उमेर समूहका भएको जनाइएको छ ।
पक्राउ गरिएकाहरूबाट कुनै पनि वैधानिक कागजात फेला नपरेको बताइएको छ । उनीहरूमाथि अध्यागमन ऐन उल्लङ्घन गरेको आरोप छ । अवैध रूपमा बसेकोले उनीहरूलाई कानुनी कारबाही हुने मलेसियाको सरकारले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP