विराटनगरमा भ्यानको ठक्कर बाट पैदल यात्रुको मृत्यु

फाल्गुन २४, २०७८

विराटनगरमा पिक अप भ्यानले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मङ्गलवार बिहान विराटनगर–५ आयल निगम नजिक प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको निजी भ्यानले ठक्कर दिँदा ईश्वरीप्रसाद पोखरेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङे जनाएको छ ।


भ्यानको ठक्करबाट गम्भीर घाइते भएका ७६ वर्षीय पोखरेललाई उपचारका लागि कन्चनवारीचौकस्थित आर्या अस्पताल लगिएको थियो । उपचारकै क्रममा वृद्ध पोखरेलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिए । ठक्करपछि प्रहरीले भ्यान नियन्त्रणमा राखिएता पनि चालक फरार रहेका छन् । उनको तीव्र रूपमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP